पति मरेको ३ वर्षपछि सोहि पतिको बच्चा जन्मिएपछि…

६ भाद्र २०७५, बुधबार १५:१६

भदौ ६, २०७५ काठमाडौं । भारतमा एकजना महिलाले आफ्नो पति मरेको ३ वर्षपछि सोही लोग्नेको विर्यबाट बच्चा जन्माएकी छिन्  ।

प्राप्त समाचार अनुसार ती महिलाका पतिको तिनवर्ष अघि कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसको तीनवर्ष पछि मृतककी पत्नी सुप्रियाले मुम्बर्इको एक अस्पतालमा बच्चा जन्माएकी हुन् ।

गौरब नामका पुरुष र सुप्रिया नामकी महिलाबीच बिहे भएको ५ वर्ष बितिसक्दा पनि उनीहरुका बच्चा नभएपछि टेष्टट्युब विधिबाट बच्चा पाउने प्रक्रिया सुरु गरेका थिए । डाक्टरले उक्त प्रक्रियाका लागि गौरवको शुक्रकिट संकलन गरी भण्डारण गरिसकेका थिए । तर दुर्भाग्य  सन् २०१५ को अगष्टमा कार दुर्घटनामा गौरबको मृत्यु भयो ।

पतिको मृत्युपछि सुप्रिया विक्षिप्त बनिन् । तर उनले एउटा अठोट गरिन् कि गौरवको गर्भबाट बच्चा जन्माएरै छाड्ने । तर विडम्बना डाक्टरहरुले धेरैपटक कोसिस गर्दापनि सुप्रियामा आइभिएफ सफल भएन ।

त्यसपछि उनले भाडाको कोखको सहारा लिनुपर्यो । उनले एक महिलाको कोख भाडामा लिइन् र आफ्नो मृतक लोग्नको शुक्रकिटबाट भाडाकी ती आमामा गर्भाधारण गराई हालै बच्चा प्राप्त गरेकी छिन् । आफ्नो लोग्नेको मृत्यु भएको ठ्याक्कै तिन वर्षपछि लोग्नेकै गर्भाधानबाट जन्मिएको बच्चा प्राप्त गर्न पाउँदा सुप्रिया हर्षविभोर नहुने कुरै भएन ।