भदौ ५, काठमाडौं ।
अविरल वर्षासँगै खसेको पहिरोले डोल्पामा दुई घर पुरिएका छन् ।
तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरेको हो । अर्का हरिबहादुर बुढामगरको घर भने भत्केको छ ।
अविरल बर्षासँगै खसेको पहिरोले घर भत्काए पनि मावनीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ ।
स्थानीयवासीले गरेको गुनासो अनुसार शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् तर सुरक्षित ठाउँमा बस्ती सार्न आग्रह गरे पनि सरकारले कुनै चासो नदिएको बताएका छन् ।
