भदौ ४, काठमाडौं ।
संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तिल ब. कार्की ग्रान्डी हस्पिटल धापसीमा भर्ना भएका छन् । नसा सम्वन्धित रोगले लामो समय सम्म थला परेका उनी गतसाता भर्ना भएका हुन् ।
उनी जन्मजात अपांग हुँदाहुँदै पनि सपांगले गर्न नसकेको काम संयुक्त अपांग एकता आवाज केन्द्र नामक गैरसरकारी संस्था खोलेर बालबालिकाको क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आएका छन् । उनको संस्थाको कार्यालय गोर्कण काठमाडौंमा अवस्थित छ ।
उनको उपचार खर्च जुटाउने कार्य तीव्र रुपमा भइरहेको छ । स्वदेशी तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगी हातहरु पनि उठिरहेका छन् । उपचार खर्चको लागि उक्त हस्पिटल खर्चिलो र महंगो छ । त्यसैले गर्दा जोसुकैले पनि आ आफ्नो ठाउँबाट सहयोग गर्ने इच्छा भएमा ग्रान्डी हस्पिटलको ३०२ नम्बरमा गई उनलाई भेट्न र सहयोग गर्न सकिन्छ । उनी बालअधिकारकर्मी हुन् ।
उनले संयुक्त अपांग एकता आवाज केन्द्रमा ४५ वटा भन्दा बढी बालबालिकाहरु पालनपोषणका साथै शिक्षादिक्षा दिँदै आएका छन् । उनी बिरामी परेपछि त्यस आश्रममा रहेका बालबालिकाहरु निराश र चिन्तित छन् । उनको उपचार खर्च जुटाउन सबै पक्षले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने आवश्यकता देखिएको छ, सम्बन्धित निकायले कुनै चासो नदेखाएको गुनासो आश्रित बालबालिकाहरुले गरेका छन् । त्यसले गर्दा उनीहरुको भविष्य समेत अनिश्चित हुने देखिएको छ । उनलाई सहयोग गर्न चाहनुहुने महानुभवहरुले ९८५१०५९८८५ मा सम्पर्क गर्न सक्नुहुने छ ।
