एसिया कप क्रिकेट छनौट प्रतियोगिताका लागि अभ्यास गर्न नेपाली टोली आज श्रीलंका जाँदै

४ भाद्र २०७५, सोमबार १२:४४

भदौ ४, काठमाडौं ।

नेपाली क्रिकेट टोली आज श्रीलंका जाँदैछ । एसिया कप क्रिकेट छनौट प्रतियोगिताका लागि अभ्यास गर्न नेपाली टोली श्रीलंका जान लागेको हो ।

नेपाली टोलीले श्रीलंकामा एक हप्ता अभ्यास गर्नेछ । श्रीलंकामा रहँदा नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, अगष्ट २४ मा ब्लुमफिल्ड र अगष्ट २६ मा कोल्ट्स बिरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

त्यसपछि नेपाली टोली मलेसियामा अगस्ट २९ देखि आयोजना हुने एसिया कप छनौटका लागि प्रस्थान गर्नेछ ।