आजकको खबरपत्रिकामा आजः पाहुना आउदा चिटिक्क, अरु बेला लथालिंग

४ भाद्र २०७५, सोमबार ०८:३५

भदौ ४, काठमाडौं ।

सुचना पाउने हकको सम्मान हुन्छ, सरकार मात्र पास, भोक लाग्यो ? कांग्रेस क्यान्टिन छ नी!

राजधानीबाट प्रकाशीत हुने विभिन्न राष्ट्रिय दैनीक पत्रिकाहरुले फरक फरक विषयलाई मुख्य पृष्ठमा स्थान दिएका छन् । खबर पत्रिकाहरुले सडक विस्तारको अवस्था र सरकारले बढाएको कर देखी लिएर प्रमुख प्रतिपक्षि दललले खेलिरहेको भुमिकाको बारेमा टिप्पणी गरेका छन् । यस्तै पत्रपत्रिकाहरुले पलात्कारका विषयलाई पनि मुख्य पृष्ठमा स्थान दिएका छन् । त्यसैगरि सुचना पाउने हकको सम्मान र सरकार पास लगायतका समाचारहरुलाई पनि पत्रपत्रिकाहरुले मुख्य पृष्ठमा छापेका छन् ।

नागरिक दैनीकले पाहुना आउदा चिटिक्क अरुबेला लथालिंग सिर्षकको समाचार मुख्य समाचार बनाएको छ । समाचारमा भनिएको छ, विभिन्न समयमा गठित सरकारले विदेशी पाहुना नेपाल भ्रमणमा आउदा मात्र सडकहरु चिटिक्क बनाउने तर उनी जानेवित्तिकै सडकको हालत उस्तै हुने गरेको समाचारमा भनिएको छ । यस्तै निर्माण पुरा नहुदै हुलाकी सडह जिर्ण शिर्षकको सभाचारलाई मुख्य पृष्ठमा स्थान दिएको छ।

गोरखा पत्र दैनिकले सुचना पाउने हकको सम्मान हुन्छ शिर्षकमा मुख्य समाचार छापेको छ । गोरखापत्रले प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै उक्त समचार लेखेको छ। समाचारमा भनिएको छ, प्रधानमन्त्री ओलीले लोकतन्त्रमा मत्र सुचना सम्भव हुने भएकाले सुचना पाउने सबैको हक भएको बताईएको छ। यस्तै गोरखापत्रले मन्त्रीपषिद बैठकः प्रधान सेनापतिमा थापा सिफारिस, नेपाल टेलिकमका कामिनी राज भण्डारिको पक्षमा अन्तरिम आदेश नआएको विषलाई पनि उठान गरिएको छ। यसमा सरकारले पदमुक्त गर्ने निर्णय कायान्वयनमा रोक लगाउन माग गर्दै कामिनीराज भण्डारीले दायर गरेको रिटमा सर्बोच्च अदालतले उनको माग अनुसार अन्तिरिम आदेश अस्विकार गरेको षिय राखीएको छ। यस्तै गोरखा पत्रले खाद्य पहुँचबाट वञ्चित गरे दश वर्ष कैद शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ।

नयाँ पत्रिका दैनिकले विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च र प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमाथि प्रश्न शिर्षकका सभाचारलाई मुख्य पृष्ठमा छापेको छ। समाचारमा भनिएको छ, विशिष्ट व्याक्तिहरुको घर सजावटमा मात्र २२ करोड खर्च हुने गरेको हिसाब सहित समाचार छापेको छ। समाचारका अनुसार बिरुवा खरिददेखि कर्मचारीको तलबसम्म साढे ११ करोड खर्च हुने गरेको समाचारमा उल्लेख छ । समाचार अनुसार बालुवाटारमा गाडी र मोटरसाइकल धुन मात्रै मासिक १२ लाखको पानी खर्च हुने गरेको छ । यस्तै प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमाथि प्रश्न उठेको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ । हेलो सरकारको क्षमतावृद्धिका लागि गत वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो । तर उक्त खरिद प्रक्रियामा मिलेमतो र अनियमितता भएको भन्दै मन्त्रिपरिषद् कार्यालयले छानबिन गरेको थियो । नयाँ पत्रिका लेख्छ– ५ विकास क्षेत्रमा स्थापना भएका कल सेन्टरमध्ये २ वटामात्रै चालू अवस्थामा छन् भने बाँकी चार बिग्रिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको चरम लापरबाहीको अर्को खबरलाई पनि नयाँ पत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा लेखेको छ । समाचार अनुसार ट्रान्सक्रिप्ट लगेको १ वर्षपछि त्रिविले विद्यार्थीलाई फेल गरिदिएको छ ।

शुरुमा स्नातकोत्तर तहमा जीपीए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेश पढिरहेका छन् । तर अहिले जीपीए ३.० भन्दा कम ल्याउने विद्यार्थी फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौं विद्यार्थी आक्रोसित बनेका छन् । जबकि उनीहरु प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ । नयाँ पत्रिकाका अनुसार परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो ।

कान्तिपुरः भान्सासम्मै सिण्डिकेट
आजको कान्तिपुर दैनीकले भान्ससम्मै सिण्डिकेट शिर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ। कान्तिपुरले तरकारी बजारहरुमा विचौलियाहरुको सिन्डिकेटले भान्ससम्मको खर्चलाई ह्वात्तै बढाउने गरेको बताएको छ। समाचारका अनुसार उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा गरि मुल्य बृद्धि हुदै जाने भएकाले तरकारीमा क्षेत्रमा सिन्डिकेट मौलाउन थालेको हो । तर, यी सबै चरणमा मूल्य बढे पनि मध्यस्थकर्तापछि बढ्ने मूल्य किसानले पाउँदैनन्। यस्तै प्रदेश सभामुखका गुनासै गुनासा, माछा मार्ने मेला शिर्षकका समाचारलाई पनि विषेश प्रामिकताका साथ छापेको छ ।

अन्नपुर्ण पोष्टः बस्नै दिएन कोशीले
आजको अन्नपुर्ण पोष्ट दैनिकले कोशी नदि आसपासका सर्वसाधारणलाई कोशी नदिले दिएको दुःखलाई समेटेर समाचार तयार पारेको छ । समाचार।मा भनिएको छ, विभिन्न वर्ष बर्षायाम सुरु भएसंगै ठुवानमा परेर धेरैले ज्यान गुमाई सकेका छन् । सरकारले यसबारेमा चासो नदिदा उनीहरुले बर्खामासमा त्रासको जिन्गी जिउनु परेको कुरालाई पनि समाचारमा समेटिएको छ । यस्तै अन्नपुर्णले स्थानीयतहले एकाएक बढाएको करबारे केन्द्र सरकारको ध्यानआकर्षण भएको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ। यस्तै भोक लाग्यो? कांग्रेस क्यान्टिन छ नी १ शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ। समाचारमा नेकपा र कांग्रेसका नेताहरुको भेट क्यान्टिनले जुराउने गरेको विषयालाई उठान गरिएको छ।

राजधानीः आजको राजधानी दैनिकले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबारे गरेको मूल्यांकनलाई प्रमुख समाचारका रुपमा छापेको छ ।

हेर्नुहोस् यस्ता भन् आजको पत्रपत्रिकाका फ्रन्टपेज