भदौ १, काठमाडौं ।
प्रदेश नं. ३ प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठले आयो टिभी मा लिइएको एक संवादमा बोल्दै निर्वाचनमा पराजय भोग्नुको कारण कांगे्रस आफैँ हो भन्ने कुरा बताएका छन् ।
उक्त संवादमा उनले कांग्रेसले आफ्ना गल्तीहरु आत्मसात् गरी सुधार गर्दै जानुपर्ने कुरा बताए । पार्टी प्रजातान्त्रिक हिसाबले अगाडी बढ्न नसकेको कुरा भन्दै अहिलेको राजनितिक विषयलाई हेर्दा दुई तिहाई बहुमत ल्याएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६ महिना सम्मको कार्यकालमा पनि मुलकमा केही हदसम्म पनि विकास र समृद्धिका कामहरु नभएको बताए ।
जनतामा विधिको शासन हुन नसकेको र देश सिस्टममा नचलेको कुरा र अहिलेको देशको अवस्थालाई हेर्दा देशको अवस्था एकदम डरलाग्दो भएको बताए । बहुमतको सरकारले ल्याएको मुल्यवृद्धि लगायत अन्य कामकारबाहीले सर्वसाधारण जनता बाच्नै नसक्ने अवस्थामा पुगेको कुरा बताए ।
त्यसैगरी संवादमा बोल्दै उनले भने, यदि यो २ तिहाइ बहुमत ल्याएको नेकपा को सरकारले देशमा विकास, समृद्ध र शुसासन ल्याउन सकेन भने यसको केही अर्थ नहुने बताए । देशको विकासको लागि अहिलेको बहुमतमा रहेको सरकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नेपाली कांग्रेसको साथ र सहयोग रहने कुरा बताए ।
