मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने नेपालीहरु जेलमा

२९ श्रावण २०७५, मंगलवार १४:२७

साउन २९, काठमाडौं ।

मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली कारबाहीमा परेका छन् । उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ ।

नेपाली नागरिक ४० वर्षका कन्हैयालाल दास र ३० वर्षका सत्य नारायण चौधरीलाई अदालतले गत साउन ८ गतेदेखि लागू हुने गरी सजाय सुनाएको हो ।

सेक्युरिटी गार्डमा कार्यरत दुबै नेपालीले जरिवाना रकम तिरिसकेका मलेसियाली सञ्चार माध्यमले जनाएका छन् ।

विना लाइसेन्स मोटरसाइकल चढेका चौधरीले आफूलाई कारबाही नगर्न भन्दै प्रहरीलाई १ सय ५० मलेसियाली रिंगेट घुस दिने प्रस्ताव गरेका थिए ।