गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामाको माग, विरोध प्रदर्शन

२२ श्रावण २०७५, मंगलवार १६:३७

साउन २२, काठमाडौं ।

महिला हिंसा रोक्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा मागेका छन् ।

संगठनकी अध्यक्ष रोशन कार्कीले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् ।