इमाम भूकम्पको झड्का लाग्दा पनि नमाज पढाइरहे….(हेर्नुस् भिडियो्)

२२ श्रावण २०७५, मंगलवार १५:०८

साउन २२, काठमाडौं । एजेन्सी

इन्डोनेसियामा आइतवार आएको सात म्याग्निच्युडको भूकम्पले ९८ जनाको ज्यान लिइसकेको छ र हजारौं भवन भत्काएको छ ।

भूकम्पका बेलामा खिचिएको एउटा भिडियो अहिले चर्चामा छ । भिडियोमा एक इमाम भूकम्पको झड्का लाग्दा पनि नमाज पढाइरहेको देखिन्छ ।

यो घटना बालीको हो । कसैको मोबाइल फोनबाट खिचिएको घटनामा भूकम्पका कारण भवन नराम्ररी हल्लिरहेको देखिन्छ र इमाम चाहिँ भित्तोमा अडिएर नमाज पढाइरहेका देखिन्छन् । नमाज पढिरहेका केही मानिस भाग्छन् ।

(हेर्नुस् भिडियो्)