साउन २२, काठमाडौं ।
प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।
परिषद्ले सिफारिस गरेका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषद्को बैठक बस्न लागेको हो ।
यसअघि नै ३ जनाको नाम सिफारिस भएकाले आज दुई जना मध्ये बरिष्ठताका आधारमा न्यायाधीश ओमप्रकाश मिश्रको नाम सिफारिस हुनेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ ।
पूर्वप्रधानन्याधीश गोपाल पराजुली हटेपश्चात हालसम्म प्रधानन्याधीशको पद भने खाली नै छ ।
