साउन २१, काठमाडौं । बीबीसी
बंगलादेशको राजधानी ढाकामा अमेरिकी राजदूतको कारकेडमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेका छन् ।
एक अमेरिकी अधिकारीले यो आक्रमणमा राजदूत मार्सिया बर्निकेट र सुरक्षाकर्मीलाई कुनै चोटपटक लागेको छैन तर कारकेडका दुई कार क्षतिग्रस्त भएका छन् ।
बंगलादेशमा विगत केही दिनयता हजारौं विद्यार्थीहरू सुरक्षित सडक माग्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
सडकमा सशस्त्र व्यक्तिहरूले गरेको आक्रमणमा अहिलेसम्म ५० प्रदर्शनकारी घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, सत्तारूढ दलका कार्यकर्ताहरूले उनीहरूको कार्यालय भएर विरोध –यालीमा जाने विद्यार्थीलाई पिटेका छन् ।
शनिवार प्रदर्शनकारीहरूमाथि आक्रमण गरिएपछि दर्जनौं मानिस घाइते भएका थिए ।
अमेरिकी राजदूत बर्निकेटले यो हिंसाको निन्दा गरेकी छन् ।