साउन २१, काठमाडौं ।
प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।