साउन २०, काठमाडौं । एजेन्सी
मुसलधारे पानी परेपछि चीनको पश्चिमी भागमा बाढी आएपछि २० जनाको मृत्यु भएको छ । आठजना बेपत्ता छन् ।
सरकारी सञ्चारमाध्यमले शनिवार जनाएअनुसार, आठ हजार ७०० भन्दा बढी घर, कृषियोग्य भूमि, रेलमार्ग, बिजुली र सञ्चार सुविधा बाढीमा क्षतिग्रस्त भएका छन् ।
चीनमा अहिले बाढीले निकै क्षति पु–याइरहेको छ ।
सिन्ह्वाले शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा यही हप्ता २० जनाको मृत्यु भएको र किनचेङ शहरमा आठजना हराइरहेको जनाएको छ ।
साउन १५ गते भारी बर्खा भएको थियो । एक घन्टामा ११० मिलिमिटर वर्षा भएको थियो ।
