स्विट्जरल्यान्डमा सानो विमान दुर्घटना, कैयौं मानिसको मृत्यु

२० श्रावण २०७५, आईतवार १५:००

साउन २०, काठमाडौं । एजेन्सी

स्विट्जरल्यान्डको मध्यभागमा एक सानो विमान दुर्घटना हुँदा कैयौं मानिस मारिएका छन् ।

स्विस प्रहरीका अनुसार, विमान शनिवार बिहान हर्गिसविल शहरनजिक एक जंगलमा खसेको थियो । भुइँमा ठोक्किनेबित्तिकै त्यसबाट आगो निस्केको थियो ।

आगो निभाउनका लागि तत्कालै एउटा हेलिकप्टरलाई पानीसहित पठाइएको थियो । उद्धारकर्मीहरू पछि दुर्घटनास्थल पुगेका थिए ।

अधिकारीहरूले मृतकको संख्या र पहिचान पुष्टि गर्न सकेका छैनन् ।