अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा बनाए किर्तिमान

१६ श्रावण २०७५, बुधबार १५:५६

साउन १६, काठमाडौं ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एकदिवसीय क्रिकेटमा उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएर इतिहाँस बनाएका छन् । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

खेलमा नेपालका लागि कप्तान पारस खड्कालो दोस्रो विकेट लिएका छन् ।

नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।