१०१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

१६ श्रावण २०७५, बुधबार १३:२३

साउन १६, काठमाडौं । एजेन्सी

मेक्सिकोको एरोमेक्सिको जेटलाइनर खराब मौसमका कारण दुरांगो राज्यमा दुर्घटनाग्रस्त भएको छ । विमानमा १०१ मानिस थिए । सौभाग्यवश सबै यात्रु सुरक्षित छन् । केही यात्रुलाई चोट भने लागेको छ ।

एयरलाइन कम्पनीले आफ्नो ट्विटर अकाउन्टमा बताएअनुसार, उडान संख्या २४३१ दुरांगोबाट मेक्सिको सिटीका लागि उडेको थियो । पाँच सय ५० माइलको यो दूरी पार गर्न लगभग दुई घन्टा लाग्छ ।

चर्को पानी परिरहेको बेलामा विमानले उडान भर्ने कोशिश त ग–यो र विमानस्थलबाट १० किलोमिटर पर एक मैदानमा आकस्मिक अवतरण गर्नुप–यो ।

विमानमा ९७ यात्रु र चार क्रू मेम्बरहरू थिए । स्थानीय समयअनुसार, मंगलवार दिउँसो ४ बजे उडेको विमान केही समयमै क्य्राश भयो ।

असीजना घाइतेको उपचार अस्पतालमा भइरहेको छ । दुईजना गम्भीर घाइते भएका छन् तिनमा एकजना चाहिँ विमानचालक नै हुन् । विमानचालकको स्पाइनल इन्जुरी भएका कारण शल्यक्रिया गर्नुपरेको छ ।