‘हिमालय रोडिज’मा निर्णायक दिया मास्केले दिइन् प्रतिस्पर्धीलाई नक्कली केरा र कन्डोम (हेर्नुस् भिडियो)

१६ श्रावण २०७५, बुधबार ११:३४

साउन १६, काठमाडौं ।

हिमालय टेलिभिजनमा सोमबारदेखि चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को दोश्रो सिरिज सुरु भएको छ । बेलुकी साढे ८ बजे यो शो प्रशारण हुनेछ ।

पहिलो सिरिजबाट नै निकै चर्चा पाएको यो शोको दोश्रो सिरिजलाई पनि दर्शकले मन पराउने विश्वास शोका निर्माताको छ । शोको पहिलो भागमा यसका प्रतिस्पर्धीहरुसँगको रोचक खेल र प्रस्तुति हेर्न सकिन्छ ।

एक प्रतिस्पर्धीलाई निर्णायकमध्येकी एक दिया मास्केले नक्कली केरा र कन्डोम दिएकी छिन् ।

प्रतिस्पर्धीले टेलिभिजनमा कन्डोमको विज्ञापन आउँदा लाज लाग्ने र च्यानल नै परिवर्तन गर्ने बताएपछि उनलाई नक्कली केरा र कन्डोम दिइएको छ ।

यसपटक पनि ‘हिमालय रोडिज’मा निर्णायकको रुपमा आशिष राना, रेमनदास श्रेष्ठ र दीया मास्के छन् ।

(हेर्नुस् भिडियो)