साउन १५, काठमाडौं ।
चीनको केरुङतर्फ जाँदै गरेको कन्टेनर रसुवामा भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
ना६ ख ४९२९ नम्बरको कन्टेनर रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित स्याप्रु बजारनजिकैबाट खोलामा खसेको हो ।
दुर्घटनामा मृत्यु भएका तीनै जनाको शवलाई त्यहाँबाट निकाल्ने काम भइरहेको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल धुन्चे पठाइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।
