प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय अर्को बैठकमा

१४ श्रावण २०७५, सोमबार १६:४६

साउन १४, काठमाडौं ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

समितिको बैठक बसे पनि कुनै निर्णय भएन । संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेकाले निर्णय हुन नसकेको जानकारी दिए ।

समितिको अर्को बैठक साउन १६ गतेका लागि बोलाइएको छ ।