साउन १३, काठमाडौं ।
अली अब्बास जफरको मेगा प्रोजेक्ट‘भारत’ को मुख्य अभिनेत्री प्रियंका चोपडाले अचानक यस फिल्ममा काम नगर्ने बताएकी छिन् । प्रियंकाको नाम पूरै मिडियामा भारत फिल्मसँग जोडिएर आएको थियो ।
यसका साथै प्रियंकाले लामो समयपछि सलमान खानसँग ठूलो पर्दामा खेल्न लागेको भन्दै चर्चा चलेको थियो ।
तर अनपेक्षित रुपमा यस फिल्ममा नखेल्ने प्रियंकाको घोषणालाई फिल्मका प्रोड्युसर निखिल नमितले ‘अव्यवसायीक’ बताएका छन् ।
प्रियंका चोपडा तथा सलमान खान फिल्म भारतको मुख्य भूमिकामा खेल्ने समाचारहरु सार्वजनिक भएका थिए । तर अन्तिममा आएर प्रियंकाको निर्णय निर्मातालाई मन परेन । प्रियंकाले फिल्ममा नखेल्ने जानकारी स्वयं निर्देशनक अलीले स्वयंम ट्वीटरमार्फत दिएका थिए ।
प्रियंकाले निकसँग विवाह गर्न लागेका कारण सलमानसँग खेल्ने तयारी गरिएको फिल्म भारतलाई छोडेको समाचारहरु सार्वजनिक भएका छन् । स्वयं फिल्मका निर्देशकले पनि निकका लागि समय दिनु पर्ने भएका कारण फिल्म खेल्न नसक्ने प्रियंकाले बताएको उल्लेख गरेका थिए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रियंकाले फिल्म भारतबाट हात झिकेपछि अव निर्माताले कटरीना तथा ज्याकलिनका बारेमा विचार गरिरहेका छन् ।
