साउन ११, काठमाडौं ।
काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।
ना ६ ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।
मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

