साउन ११, काठमाडौं ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदिमा खसेको छ ।
ना ६ ख २५०६ नम्बरको बस त्रिशुली सडकबाट करिब एक सय मिटर तल खसेको हो ।
चितवनको इच्छामनकामना गाउँपालिका ३ को चुम्लिङटार सडक खण्डमा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेको संख्या धेरै भएको प्रहरीले जनाएको छ । बस त्रिशुली खोलाको किनारा पुगेको छ ।
उद्धारको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
