इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमको शानदार जित

१० श्रावण २०७५, बिहीबार १८:५०

साउन १०, काठमाडौं ।

इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात हासिल गरेको छ ।

नेपाल तेस्रो अभ्यास खेलमामा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गर्दै शानदार जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् ।

३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन ३८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

इस्ट लन्डनलाई सस्तैमा समेट्न नेपालका भेट्रान स्पिनर शक्ति गौचनले ४ तथा करण केसी र ललित राजबंशीले २–२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

इंग्ल्यान्डको लर्ड्समा आइतबार हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि नेपाली क्रिकेट टिम अहिले युरोप भ्रमणमा रहेको छ ।