चिकित्सक र प्रहरी बीच सामान्य झडप

१० श्रावण २०७५, बिहीबार १४:०४

साउन १०, काठमाडौं ।

डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ । चिकित्सकहरूलार्इ प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको गेट अगाडि नै रोकेको छ ।

 

चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।