नेदरल्याण्ड्समा नै हुने नेपालसँग खेल्ने नेदरल्याण्ड्स टोलीको घोषणा

८ श्रावण २०७५, मंगलवार १६:३४

साउन ८, काठमाडौं । एजेन्सी

नेदरल्याण्ड्सले नेपालसँगको एकदिवसीय क्रिकेटका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।

लर्ड्समा साउन १३ मा नेपाल र मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग हुने त्रिकोणात्मक टी ट्वान्टी सिरिज र साउन १६ र १८ मा नेदरल्याण्ड्समा नै हुने नेपालसँगको एकदिवसीय खेलका लागि नेदरल्याण्ड्सले टोली घोषणा गरेको हो ।

नेदरल्याण्ड्स टिममा अलराउण्डर मिचेल रिप्पोनले पुनः स्थान बनाएका छन् । उनी विश्वकप छनोटका खेल र त्यसपछिका खेलमा टिममा पर्न सकेका थिएनन् । ब्याटिङ र स्पीन बलिङमा उस्तै अब्बल रहेका उनको वापसी नेपालविरुद्ध रणनीतिक हुने अपेक्षा नेदरल्याण्ड्स टिमले गरेको छ ।

टिममा रायन टेन डोसचाटे, रिलोफ भ्यान डर मर्वी र टिम भ्यान डर गुटेन भने पर्न सकेनन् । मुख्य मानिएका तीन खेलाडी नै टोलीमा नराखेर प्रशिक्षक रायन क्यापबेलले नौलो प्रयोग गरेका छन् ।

स्कटल्याण्ड र आयरल्याण्डसँगको टी ट्वान्टीमा देखिएका नयाँ खेलाडीहरु हिडे ओभरजिक, क्लेटन फ्लोएड र टोनी स्टललाई टी ट्वान्टीका लागि टिममा समावेश गरिएको छ । कप्तानमा पिटर सिलर रहेका छन् ।

नेपालको पहिलो एकदिवसीय खेल भएकाले पनि विश्व क्रिकेटमा दुई देशबीचको खेलले विशेष महत्व राखेको छ ।

एकदिवसीयका लागि नेदरल्याण्ड्स टिम

पिटर सिलर, वेस्ले बारेसी, डान टेर ब्राक, बेन कुपर, स्कट एडवाड्स, फेडेरिक क्लासेन, बस डि लिडे, पोउल भ्यान मेकेरेन, स्टेफेन माइबर्ग, म्याक्स ओडोड, हिडे ओभरजिक, शेन स्यान्टर र मिचेल रिप्पोन ।

टी ट्वान्टीका लागि नेदरल्याण्ड्स टिम

पिटर सिलर, वेस्ले बारेसी, स्कट एडवाड्स, क्लेटन ˆलोयड, फेडेरिक क्लासेन, बस डि लिडे, पोउल भ्यान मेकेरेन, म्याक्स ओडोड, हिडे ओभरजिक, मिचेल रिप्पोन, शेन स्यान्टर, टोनी स्टल, टोबियस भिसे