आयोखबर संवाददाता
साउन ८, काठमाडौं ।
झापा बिर्तामोडका बीण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पछिल्लो समयको एक पत्रकार सम्मेलनमा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
प्रसाईको उक्त अभिव्यक्तिको सबैतिर कडा आलोचना भएपछि आज उनले कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रेस विज्ञप्ती जारी गरेका छन् ।
कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रेश विज्ञप्ती जारी गर्दै उनले स्वतनत्रतापूर्वक आफ्नो अभिव्यतिm राख्न पाउने नागरीक अधिकार अनुसार नै अभिव्यतिm राख्ने गरेको कुरा उल्लेख गरेका छन् ।
साथै उनले उक्त विज्ञप्तीमा उल्लेख गरेका छन्, ‘म कुनै पनि हालतमा आफ्नो सत्यपथबाट विचलित हुनेछैन ।’
विज्ञप्तीमा धमिलो पानीमा माछा मार्ने समूहहरुले संगठितरुपमा उनको नैसंर्गिक अधिकारमाथि धावा बोलिरहेका भनि उनको आलोचकहरुको खण्डन पनि गरेका छन् ।
