हङकङमा बस्दै आएका विशाल गुरुङद्वारा रु २ लाख सहयोग

७ श्रावण २०७५, सोमबार १७:३३

आयोखबर संवाददाता
साउन ७, काठमाडौं ।

आज राजधानीमा आयोजीत एक कार्यक्रममा हङकङमा बस्दै आएका विशाल गुरुङद्वारा उपलब्ध गराएको सहायता रकम हस्तानतरण गरिएको छ ।

उक्त कार्यक्रममा गंगाराम हस्पिटलमा उपचार गरइरहेकी बोन म्यारो पीडित चार वर्षकी एलिस्ना राईका बुबा मिलन राईलाई रु ५० हजार सहयोग रकम हस्तानतरण गरिएको छ ।

त्यसतै विर हस्पिटलमा उपचार गराई रहेकी स्मृति सुनुवार, नेपाल क्यानसर हस्पिटलमा उपचार गराई रहेका मनराज लिम्बूका उपचारका लागि जनही रु ५० हजार अर्थिक सहयोग हस्तानतरण गरिएको छ ।

उक्त रकम नेपालका हास्य कलाकार जितु नेपालले हस्तानतरण गरेका थिए भने कार्यक्रमको समयोजन सागर थापाले गरेका थिए ।

त्यसतै एलिस्नाका बाबु मिलन राईले हङकङमा बस्दै आएका विशाल गुरुङद्वार स्वदेश तथा विदेशमा उपचार गरइ रहेका पिडीतलाई सहयोग उपलब्ध गराई दिएकामा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि कुनै पनि नेपालीको उपचारको अभावमा मृत्यु नहोस् भन्दै यसरी सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।