नेकपा (माओवादी केन्द्र)का अध्यक्ष किरातीले भेटे अनशनरत डा. केसीलाई

७ श्रावण २०७५, सोमबार ११:४१

साउन ७, काठमाडौं ।

मेडिकल क्षेत्रमा सुधारको लागि पटकपटक र लामो समय देखि अनशनरत डा. गोविन्द केसीलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती लगाएत पदाधिकारीले आज अनशन स्थल टिचिङ अस्पतालमा पुगेरै समर्थन जनाएको कुरा स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।

गत असार ३२ गतेको (माओवादी केन्द्र)को स्थायी समिति बैठकले पनि समर्थन प्रस्ताव पारित गरेको थियो ।

साथै माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी द्वारा जारी बिज्ञप्तिमा डा. केसीले उठाएका जायज मागहरु तत्काल पुरा गर्न र डा. केसीको जीवनरक्षाका निम्ति जोडदार माग गरेको छ ।