नेपाली कांग्रेसले गर्यो प्रदेशसभा १ को बैठक अवरुद्ध

६ श्रावण २०७५, आईतवार १६:३७

साउन ६, काठमाडौं ।

नेपाली कांग्रेसले प्रदेशसभा १ को बैठक अवरुद्ध गरेको छ ।

आइतबार दिउँसो बोलाइएको बैठक नेपाली कांग्रेसले अवरोध गरेको हो ।

बैठक सुरु हुने वित्तिकै नेपाली कांग्रेसका लोकप्रसाद संग्रौलाले भनाइ राख्दै गोविन्द केसीको माग पूरा नभएसम्म पार्टी केन्द्रको निर्णय अनुसार बैठक चल्न नदिने बताएका थिए ।

कांग्रेसले अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर संसद अवरुद्ध गर्दै आएको हो ।

नेपाली कांग्रेसले डा. गोविन्द केसीको माग पूरा नगरेसम्म संघीय संसद र प्रदेशसभा बैठक चल्न नदिने बताएको छ ।