साउन २, काठमाडौं ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
लु १ ज २५७३ नम्बरको जीप दुर्घटना भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।
शर्माका अनुसार उद्दार कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) पनि घटनास्थलमै उद्दारमा खटिएका छन् । दुर्घटनामा केही यात्रुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
निर्माणाधीन लोकमार्गको भिरालो ठाउँमा दुर्घटना भएको जनाइएको छ ।

