राष्ट्रपति पुटिन र ट्रम्पबीच वार्ता हुने

३२ असार २०७५, सोमबार ०७:४९

असार ३२,काठमाडौं ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।

हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुन लागेको हो ।

पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।

दुई महिना मात्रअघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो । यो वार्ताले विवाद समाधान गर्दै सहज वातावरण बनाउने अपेक्षा गरिएको छ ।