सर्पले डस्दा झापामा एकको मृत्यु

३१ असार २०७५, आईतवार ०६:५३

असार ३१, काठामाडौं ।

विषालु सर्पको डसाइबाट आइतबार झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ ।

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

वर्खा लागेसँगै नेपालको तराई क्षेत्रमा सर्पको डसाईबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।