असार २९, काठमाडौं ।
इंग्लिस पि्रमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनिओ कोन्टेलाई बर्खास्त गरेको छ । उनको स्थान मारिजिओ सारीले लिनेछन् ।
बीबीसीका अनुसार चेल्सीले ४८ वषर्ीय कोन्टेको अवस्थाबारे केही बताउन चाहेको छैन, जसले पहिलो सिजन पि्रमियर लिग र गत सिजन क्लबलाई एफए कपको उपाधि दिलाउका थिए ।
उनले प्रिसिजन ट्रेनिङ पनि थालेका थिए । तर, कोन्टेको स्थानमा इटालियन क्लब नापोलीका सारी आृउने पक्का जस्तै भएको छ ।
