असार २८, काठमाडौं । एजेन्सी
संसारभरि फूटबल विश्वकपको ज्वरो चढ्दै गर्दा अनेकथरी प्रशंसकका हर्कत देखिएका छन् ।
जेसन वेस्ट नामक एक व्यक्तिले इंग्लयान्ड टीमको सपोर्टका लागि विगत केही दिनअघि नितम्बमा ट्याटू बनाए । उनले प्रसिद्ध लाइन फूटबल्स कमिङ होम लेखाए । एक साथीले ‘तँ यस्तो गर्नै सक्दैनस्’ भन्दै च्यालेन्ज गरेपछि उनले यसो गराएका हुन् ।
पैंतीस वर्षीय फूटबल प्रशंसक जेसनले इंग्ल्यान्ड र स्विडेनको म्याचअघि यो ट्याटू बनाएका थिए । जेसनल् भने, ‘म आफ्नी आमासँग डिनर गरिरहेको थिएँ । त्यही बेलामा मेरो साथीको फोन आयो । हामी फूटबलको कुरा गर्दैथियौं र उसले म कहिले पनि नितम्बमा ट्याटू बनाउन सक्दिनँ भन्यो ।’
जेसनका अनुसार, ‘मैले उसलाई आजै ट्याटू बनाउँछु भनें । हामीहरू धेरै ठाउँ गयौं र अन्तिममा एक ट्याटू पार्लरमा गएर ट्याटू बनाएँ । मलाई यसमा आत्मविश्वास थियो । यसको बारेमा मैले पत्नीलाई समेत बताइनँ ।’
फूटबल्स कमिङ होम यो पंक्ति थ्री लायन्स गीतमा छ र त्यो सन् १९९६ मा सार्वजनिक भएको हो । त्यतिखेर इंग्ल्यान्डमा युरोपेली च्याम्पियनशिप आयोजना भएको थियो ।
