असार २८, काठमाडौं ।
गएरातिबाट लगातार परेको वर्षाका कारण हेटौंडाका विभिन्न खण्ड अवरुद्ध भएका छन् ।
हेटौंडा–सिस्नेरी र हेटौंडा–फाखेल खण्डका दुई ठाउँमा झरेको पहिरोले बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ ।
सडक डिभिजन कार्यालयले ठेक्का लगाएर सडक विस्तारको क्रममा रेहेको हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्डकोे ज्यामिरे र हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ खण्डको सुकौरा ड्याम र पुरण्डीमा खसेको ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडक अवरुद्ध हुँदा पूर्वी नेपालको सर्लाही रौतहट, निजगढ, बारा, पर्सादेखि आउने र मकवानपुरबाट काठमाडौं जाने सवारी रोकिएका छन् ।
यो दुई छोटो मार्ग हुँदै दैनिक एक हजारभन्दा बढी साना सवारी सञ्चालन हुने गर्दछन् ।
अबरुद्व सडक मार्ग मध्ये फाखेल खण्डको दुईवटा पहिरो हटाउनका लागि मेसिन बोलाइएको भए पनि हटाउने काम शुरु नभएको प्रहरी चौकी फाखेलले जनाएको छ ।

