भारतीय अभिनेत्री प्रीति जिन्टाको कम्पनीविरुद्ध अदालतमा मुद्धा

२७ असार २०७५, बुधबार ०६:५८

असार २७, काठमाडौं ।

भारतीय अभिनेत्री प्रीति जिन्टाको कम्पनी केपीएन ड्रीम क्रिकेट प्रालि विरुद्ध अदालतमा मुद्धा चल्ने भएको छ । अब जिल्ला अदालतमा ३८ लाख रुपैयाँको दाबीसहितको मुद्दा चल्ने छ । यो डाक्टर सजीताले हालेको मुद्दा हो ।

डा.सजीतले कम्पनीले वसोवासको हैसियतमा कोठा भाडामा लिएपनि कार्यालय सञ्चालन गरेका थिए ।

उनले कोठालाई अफिस सञ्चालन गर्न दिएको भन्दै स्टेट अफिसले ३८ लाख जरिवानाको नोटिस पठाएको थियो ।

डा सजीताले यो रुपैयाँ कम्पनीबाट असुल्नका लागि जिल्ला अदालतमा सिविल सूट फाइल दर्ता गरेका थिए । डा सजीताले हालेको मुद्दा खारेजीका लागि कम्पनीले जिल्ला अदालतमा एक निवेदन दिएको थियो । तर कम्पनीको यो निवेदनलाई न्यायाधीशले खारेज गरिदिए । यस सँगै प्रीति जिन्टाको कम्पनी विरुद्धको मुद्दा चल्ने भएको हो ।

तर प्रीतिको कम्पनीले भने सतीजाले भाडामा दिएको कोठामा अफिस खोलिएको थिएन । जब आइपीएल खेल हुन्थ्यो त्यो बेला कम्पनीका अधिकारीहरुलाई त्यहाँ राख्ने व्यवस्था गरिएको थियो ।