विश्वकपको बाजी खेलाउने ३ जना पक्राउ

२६ असार २०७५, मंगलवार ०६:५२

असार २६, काठमाडौं ।

विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङ छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको छ ।