नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

२६ असार २०७५, मंगलवार ०६:२६

असार २६, काठमाडौं ।

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

 

मंगलबार बिहान ४ बजे घुमाउनेलगायतका स्थानमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले घुमाउनेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पानी पर्न पनि रोकिएकोले पहिराे हटाउन सहज भएको थियो । बिहानैदेखि जाममा परेका सवारी साधनहरुलाई प्राथमिकताका साथ कटाउने काम थालिएको खनालले जानकारी दिए ।

पानीपरेसँगैं आउने पहिरोले पटक–पटक सो सडक खण्ड अवरुद्ध हुँदै आएको छ ।