गुफामा १५ दिनदेखि फसेका चार जनाको उद्दार

२५ असार २०७५, सोमबार ०५:१२

असार २५, काठमाडौं ।

उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । बाँकीको उद्दार भोलि गर्ने तयारी छ ।

गुफामा पानी बढ्न सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान स्थानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार बालकलाई सकुशल बाहिर ल्याइएको छ ।

उनीहरुलाई अस्पताल लगिएको छ ।

दिनभर केके भयो ?

स्थानीय समयअनुसार विहान १० बजेबाट उद्दार अभियान सुरु गरिएको थियो ।
साँझ ५ः ४० बजे पहिलो बालकलाई गुफाबाट बाहिर ल्याइयो ।

अहिलेसम्म चार बालकको उद्दार भएको छ । सबैलाई नजिकैको अस्पताल भर्ना गरिएको छ ।
१२ विदेशी र पाँच थाइल्याण्डका गोताखारहरुले चार बालकलाई गुफाबाट निकालेका हुन् ।
स्थानीय समयअनुसार राति ९ बजे उद्दार कार्य स्थगित गरिएको छ । सोमबार बाँकी ९ जनालाई उद्दार गर्न सुरु गरिनेछ ।
गुफामा ८ बालक र उनीहरुका एक प्रशिक्षक छन् ।
गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि कुल ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् ।

फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १५ दिनदेखि त्यहाँ फसेका थिए ।