नेपालमा विविधता र समावेशीकरण शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२४ असार २०७५, आईतवार ०८:३८

आयोखबर संवाददाता

असार २४, काठमाडौं ।

विधार्थी भातृ संगठन अखिल क्रान्तिकारीले नेपाल ल क्यामपसमा ‘नेपालमा विविधता र समावेशीकरण‘ शिर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपाली समाजमा महिलाहरुको उत्पीडन सबैभन्द पुरानो लैङ्गिक उत्पीडन रहेको उपस्थित अतिथि युवा नेता नरेश रेग्मीले बताए । नेपालमा समावेशीकरणलाई लक्षित वर्गसम्म पुर्याउनु चुनौति रहेको पनि उनले प्रष्ट पारे ।

 

यसै गरी कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा अतिथि पत्रकार बन्दना ढकालले महिलाहरु उत्पीडनमा परेको प्रसंग राख्दै, ‘महिलालाई समावेशीकरण नगर्ने पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई म पार्टी नै मान्दिन’, भन्दै आक्रोश पोखिन् ।

 

कार्यक्रममा उपस्थित विधार्थीहरुले विविध प्रश्नहरु सोधेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व कानूनमन्त्री देव गुरुङले उपस्थित विधार्थीहरुको प्रश्नहरुको जवाफ दिए ।

नेपालको सनदर्भमा विविधता र समावेशीकरणको महत्व र आवश्यकताकोबारेमा बुझ्नलाई कार्यक्रम आयोजना गरेको कार्यक्रम सञ्चालक महेश लामिछानेले बताए ।

Image may contain: one or more people and text

नेपालमा विविधता र समावेशीकरण अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धीमूलक भएको कार्यक्रममा सहभागी विद्यार्थी जय किशोर मण्डलले बताए ।

 

अखिल क्रान्तिकारीका अन्य युवा नेताहरुको पनि उपस्थित रहेको कार्यक्रमको समापन भएको घोषणा भने कार्यक्रमका अध्यक्ष तथा नेपाल ल क्यामपस, अखिल क्रान्तिकारीका अध्यक्ष प्रतिक कार्कीले गरे ।