गुण्डागर्दीमा संलग्न ४ जना नयाँ बसपार्क क्षेत्रबाट पक्राउ, को को परे प्रहरी फन्दामा ?

२१ असार २०७५, बिहीबार ०९:१९

असार २१, काठमाडौं ।

प्रहरीले गोंगबु, नयाँ बसपार्क र बालाजु क्षेत्रमा गुण्डागर्दीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नुवाकोट लिखु छहरे २ घर भई मनमैजु बस्ने २९ वर्षका सुरेश डंगोल, पञ्चकन्या २ घर भई गोंगबु बस्ने ३२ वर्षका राजकुमार ढुंगाना, रोल्पा सुखीदह २ घर भई टोखा बस्ने ३० वर्षका रामकुमार घर्ती र गोरखा घर भई टोखा बस्ने भीमबहादुर थापालाई पक्राउ गरेको हो ।

 

उनीहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुलेको र विभिन्न व्यक्तिसंग झगडा गरी अशान्ति सिर्जना गर्ने सूचनाको आधारमा पुगेको प्रहरीले बुधबार राति गोगंवुको म्याग्दी चोकमा बसिरहेको ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।