सातै प्रदेशका प्रमुखहरुको पद धरापमा, किन ?

२१ असार २०७५, बिहीबार ०९:१३

असार २१, काठमाडौं ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुको पद धरापमा परेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि बालहामा रहेका प्रदेश प्रमुखहरुको पद धरापमा परेको हो ।

देउवा नेतृत्वको सरकारले प्रदेश नम्बर एकमा गोविन्द सुब्बा, दुईमा रत्नेश्वरलाल कायस्थ, तीनमा अनुराधा कोइराला, चारमा बाबुराम कुँवर, पाँचमा उमाकान्त झा, ६ मा दुर्गाकेशर खानल र ७ मा मोहराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

देउवाको सिफारिसमा प्रदेश प्रमुख बनेका मध्ये प्रदेश नम्बर दुईका कायस्थ र पाँचका झा बाहेक सबै कांग्रेस निकट हुन् ।

चुनावमा ठूलो दलबनेसँगै तत्कालिन नेकपा एमालेले जनमत गुमाइसकेको देउवा सरकारले गरेको राजनीतिक नियुक्तिहरु खारेज हुने बताएको थियो ।

संविधानमा व्यवस्था यस्तो छ

संविधानमा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था बारे व्याख्या गरिएको छ ।