एमिरेट्स एयरलाइन्सले ‘हिन्दू मील’ बन्द गर्ने

२० असार २०७५, बुधबार १०:१२

असार २०, काठमाडौं । एजेन्सी

यूएईको ठूलो एयरलाइन्स कम्पनी एमिरेट्सले आफ्ना विमानहरूबाट ‘हिन्दू मील’ हटाउने निर्णय गरेको छ ।

केही अन्तर्राष्ट्रिय विमानहरूमा यात्रीहरूले आफ्नो धार्मिक आस्थाअनुरूप खाना बूक गराउने सुविधा छ । विमानमा यात्रा गर्नुअघि नै यात्रुहरूले खाना बूक गर्ने गर्थे ।

एयरलाइन्सले एक बयान जारी गर्दै यात्रीहरूबाट लगातार पाइएको सुझावअनुसार ‘हिन्दू मील’ बन्द गर्न लागिएको जानकारी दिएको छ ।

हिन्दू यात्रुले क्षेत्रीय शाकाहारी आउटलेटहरूबाट आफ्नो खाना बूक गर्न सक्ने एमिरेट्सले जनाएको छ । ती आउटलेटहरूले विमानभित्र ‘हिन्दू मील’, ‘जैन मील’, ‘भारतीय शाकाहारी खाना’, ‘कोशर मील’ र ‘गाईको मासु’रहित मांसाहारी खाना पस्किने गरेका छन् ।

‘हिन्दू मील’ मांसाहारी हिन्दू यात्रुहरूमा लागि पस्किइन्छ । तर त्यसमा बीफ भने हुँदैन ।

अधिकांश ठूला एयरलाइन्सले विमानमा शाकाहारी र मांसाहारीको विकल्प दिने गरेका छन् । एयर इन्डिया र सिंगापुर एयरलाइन्सले धार्मिक खानाको विकल्प दिने गरेका छन् ।