नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा

२० असार २०७५, बुधबार ०८:११

असार २०, काठमाडौं ।

नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । कालिखोलाको पहिरो पन्छाएपछि बुधबार दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालन भएको हो ।

तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको खनालले बताए ।

 

सुरुमा टोपेखोला र कालीखोलाको बीचमा फसेका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ । दुईतर्फी बाटो ४ बजेपछि मात्रै खुल्ने सम्भावना रहेको आयोजनाले जनाएको छ ।