खोलाले बगाउँदै गरेको महिलालाई वडा अध्यक्षले गरे उद्दार

२० असार २०७५, बुधबार ०५:५२

असार २०, काठमाडौं ।

सिरहाको गोलबजारमा खोलामा बगिरहेकी एकजना महिलाको उद्धार गएको छ ।

मैनाबत्ती खोलाले बगाइरहेको अवस्थामा गोलबजार नगरपालिका-३ का वडाध्यक्ष धनप्रसाद लामा लगायतले गोलबजार नगरपालिका-३ की करिब ४० वर्षीया बिना योञ्जनको उद्धार गरेका हुन् ।

गोलबजार नगरपालिका-३ को जरुवाबाट विकास निर्माणको योजना अनुगमन गरेर घर फर्किने क्रममा वडाध्यक्ष लामा बूढी जमदह खोलामा आएको बाढी तर्न नकेकेर खोलावारी नै बसेका थिए ।

 

सोही बेला बाढीले महिलालाई बगाउँदै गरेको देखेपछि गाउँलेहरुलाई तत्काल खबर गरेर महिलाको उद्धार गरेको वडाध्यक्ष लामाले बताए ।

 

उद्धार गरिएकी महिलाको गोल बजारमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

आइतबारदेखि आएको अबिरल वर्षापछि सिरहाका खोला नदीहरुमा पानीको बहाब बढेको छ ।

सिरहाको बलान कमला, खुटी, बाबुराम, बुढी जमदह, घुर्मी मैनावती, गागन लगायतका खोला बढेका कारण नदी आसपास बसोबास गर्ने स्थानीय जोखिममा छन् ।