मलेसियामा ११ वर्षकी बालिकाको बिहेपछि मच्चियो बबाल

१९ असार २०७५, मंगलवार ०९:३२

असार १९, काठमाडौं । बीबीसी

मलेसियामा ११ वर्षीया एक बालिकालाई ४१ वर्षीय व्यक्तिसँग विवाह गराइएपछि ठूलो विवाद निम्तेको छ ।

यो घटनापछि मलेसियामा बिहेको न्यूनतम उमेर १८ वर्ष गराउनका लागि चर्को माग उठेको छ ।

यी बच्ची थाइल्यान्डकी हुन् । उनका मातापिताले उक्त व्यक्तिलाई सोधेर नै आफ्नी छोरीको बिहे उनीसँग गराएको बताए । अनि बच्ची १६ वर्षकी हुँदासम्म आफूसँगै बस्ने उनीहरूले जानकारी दिए ।

मलेसिया सरकारले थाइल्यान्डमा भएको बिहेका बारेमा केही थाहा नभएको र यसको अनुसन्धान भइरहेको बताए ।

बालबालिकाको हितमा काम गर्ने संयुक्त राष्ट्रसंघीय नियोग यूनिसेफले यो ‘आश्चर्यजनक र अस्वीकार्य’ घटना भएको बतायो ।

मिडियामा आएका तस्वीरमा दुलाहाले बिहेपछि बच्चीको हात समातेको देख्न पाइन्छ ।

स्थानीय मिडिया रिपोर्टअनुसार, उक्त व्यक्तिको पहिले नै दुई पत्नी र ६ बच्चा छन् । उसका बच्चाहरू पाँचदेखि १८ वर्ष उमेरका छन् ।

मलेसियाका बालअधिकारवादीहरूले दुलाहा एक धनी व्यापारी भएको अनि बच्चीका मातापिता गरीब भएको बताए ।

मलेसियामा बिहेको न्यूनतम उमेर १८ वर्ष भएको तर शरिया अदालतले त्यसभन्दा कम उमेरका मुसलमानलाई पनि बिहेको स्वीकृति दिएको छ ।

बीबीसी मलेसियामा ११ वर्षीया एक बालिकालाई ४१ वर्षीय व्यक्तिसँग विवाह गराइएपछि ठूलो विवाद निम्तेको छ ।