असार १९, काठमाडौं ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा खोलाले बगाउँदा १ जनाकाे मृत्यु भएकाे छ ।
धर्मस्थलीमा बस्दै आएका काभ्रेका २६ वर्षीय प्रकाश पुर्कोटी सोमबार धर्मस्थली खोला तर्ने क्रममा खोलाले बगाएर घाइते भएका थिए ।
खाेलाले बगाउँदा गम्भीर घाइते भएका पुर्काेटीकाे उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा पुर्याउँदा मृत्यु भएको प्रहरीले जनाेएको छ ।
