इमरान खानकी पत्नीले नक्कली दाह्रीसहित तस्वीर राखेपछि बबाल

१८ असार २०७५, सोमबार ०८:३४

असार १८, काठमाडौं । एजेन्सी

पाकिस्तानका पूर्वक्रिकेटर तथा राजनीतिकर्मी रेहम खानले ट्विटरमा नक्कली दाह्रीसहितको तस्वीर राखेपछि उनी ट्रोल भएकी छन् ।

रेहमले फोटोशप गरेर दाह्रीवाला अनुहारको तस्वीर ट्वीट गरेकी छन् ।

रेहमले दाह्रीवाल तस्वीरका साथ लेखिन्, ‘केही समयअघि मलाई राजनीतिक दलमा भर्ना हुने अफर आएको थियो । मैले आफ्नो अनुहार ढाक्न सक्दिनँ होला भनेकी थिएँ तर दाह्री चाहिँ पाल्छु । यो ममा आकर्षक देखिन्छ ।

Reham Khan



@RehamKhan1
So a while ago I was offered to join a party. I said I might not be able to cover my face but I could grow a beard..looks rather fetching on me.

2:16 AM – Jun 30, 2018
2,627
2,993 people are talking about this
Twitter Ads info and privacy
अर्को दिन ट्विटरमा ३० लाखभन्दा बढी फलोअर भएका जिम्बाब्वेका मुफ्ती इस्माइल मेंकले रेहमको ट्वीटको जवाफमा लेखे, ‘म कहिले पनि पाकिस्तान गएको छैन र त्यहाँको राजनीतिका बारेमा पनि जानकारी छैन । तर केपटाउनमा
एउटा लेजर क्लिनिक छ जसले तपाईंलाई सहायता गर्नेछ ।’