असार १८, काठमाडौं । एजेन्सी
सञ्जय दत्तको बायोपिक फिल्म सञ्जूले बक्स अफिसमा आफ्नो धमाकेदार प्रवेशका साथ रेकर्ड ब्रेक फिल्म बनेको छ ।
सञ्जूको सफलताले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । सञ्जूले त्यस्तो काम गरेर देखाएको छ जो अहिलेसम्म भारतीय फिल्मले गर्न सकेको थिएन ।
रणवीर कपूरले फिल्ममा एक दिनमा बाहुबलीको रेकर्डपनि ध्वस्त गरेको छ । तरुण आदर्शको अनुसार बाहुबलीले तेस्रो दिन ४६ .५० करोडको कमाइ गरेको थियो तर तेस्रो दिनको कमाई ४६.७१ करोडको कमाइ गर्दै रेकर्ड ब्रेक गरेको छ ।
यस फिल्मले तीन दिनमा १२० करोड कमाइ गर्दै १०० करोडको क्लबमा प्रवेश गरेको छ । अहिलेसम्म सञ्जूको नामको रेस ३ को ओपनिङ विकेन्ड तोडेको रेकर्ड थियो । तर अब फिल्मले सालको सबैभन्दा धेरै शुरुवाती कमाइ गरेको
फिल्म पद्मावतलाई पनि जितेको छ । पद्मावतले पहिलो विकेन्डमा ११४ करोड कमाइ गरेको थियो । सञ्जूले पहिलो तीन दिनमा १२०.०६ करोडको कमाइ गरेको छ ।
