एकैदिनमा कोब्रा सर्पको डसाईबाट चार जनाको मृत्यु

१८ असार २०७५, सोमबार ०७:२१

असार १८, काठमाडौं ।

महोत्तरीमा सोमबार एकै दिन सर्पको टोकाईबाट चार जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिकामा २ जनाको र गौशाला नगरपालिकामा २ जनाको मृत्यु भएको हो ।

उनीहरु सबैलाई गएराति सुतेकै ठाउँमा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

बर्दिवास नगरपालिका ५ का २७ बषर्ीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउतको मृत्यु भएको हो ।

तामाङको बर्दिवास-३ सर्पदंश उपचार केन्ऽमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर लैजाने क्रममा मृत्यु भएको हो भने राउतको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

त्यस्तै गौशला नगरपालिका १२ बस्ने ३६ बर्षीय सुशीलकुमार सिंह र सोही ठाउँका ११ बषर्ीय मनिष राउतको सर्पको टोकाइबाट मृत्यु भएको छ । सर्पले टोकेको सिंह र राउतको उपचारको लागि ल्याउदै गर्दा बाटोमा मृत्यु भएको बर्दिवास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्ऽले जनाएको छ ।

सर्पको टोकाईबाट केही दिनअघि बर्दिवास-१ कि एक चार वर्षीया बालिकाको मृत्यु भएको थियो । बर्दिवासका दुई जनाको कोब्रा सर्पले टोकेको लक्षण देखा परेको र गौशाला नगरपालिकाका २ जनाको करेत सर्पको टोकाईको लक्षण देखा परेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

बर्षातसँगै महोत्तरी जिल्लामा सर्पदंशको घटना हृवात्तै बढेको छ । आव २०७४/०७५ मा मात्रै २६३ जना सर्पदंशका बिरामीहरुको उपचार गरिएकोमा असार महिनामा मात्र उपचार केन्ऽले ३१ जनाको सर्पदंशका बिरामी उपचार गरेको जनाएको छ ।